क्वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माइन्

तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेका लागि राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकी महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । वडा नम्वर १३ फुलवारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् ।

अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ रहेपनि एक जनाको तौल कम रहेको छ। ‘एउटाको १.८ केजी र अर्काको १.५ केजी रहेको छ’ अधिकृत डा. पुरीले बताइन् । तौल कम रहेपनि दुवै वच्चाले दुध खान थालेको पनि उनले जानकारी दिइन् ।

वच्चाहरु शुक्रवार राती ९.१५ मा जन्मिएको पनि अस्पतालले जानकारी दिएको छ।

गर्भवति यादव बिहीबारदेखि क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिरुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव बिहीबार मात्रै २ दिन हिँडेर घरमा आएकी थिइन् ।

गर्भवति यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्दार गरेको थियो ।

भारतबाट आएको भनेर गाउँलेहरुले खवर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले बिहीबार राति नै क्वारेन्टाइनमा ल्याएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनको र्‌यापिड टेस्ट नेगेटिभ आएको पनि न्यौपानले वताए ।

यादवलाई शुक्रवार बिहान १२ बजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । ‘जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौं’ खत्रीले भने ।

गर्भवति यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्दार गरेको थियो । नगरप्रमुख घनश्याम पाण्डेको निर्देशनमा उनको सम्पूर्ण उपचारको जिम्मा लिइएको हो । ‘जहाँ लैजानुपरेपनि हामीले जिम्मा लिने कुरा थियो’ शाखा प्रमुख खत्रीले वताए ।

आमा र वच्चाका अवस्था अहिले स्वस्थ रहेको छ । उपमहानगरपालिकाले शुक्रवार अबेर मात्रै उनका श्रीमान र छोरीलाई अस्पतालमा ल्याएको थियो । उनका २ छोरा र २ छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय