केएमसी मेडिको लिगल सेन्टरमा ‘अटोप्सी’ तथा उमेर जाँचको परीक्षण सेवा

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित मेडिको लिगल सेन्टरमा अप्राकृतिक मृत्युको ‘अटोप्सी’ गरेको छ । कलेजले गत २३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट ल्याएको अप्राकृतिक मृत्युको फरेन्सिक डिपाटमेन्टमा अटोप्सी गरिएको जनाएको छ ।

कलेजका बरिष्ठ प्रशासक प्रेम प्रकाश थापाद्धरा जारी विज्ञाप्तिमा सोही दिन मध्यपुर ठिमीस्थित प्रहरी वृतबाट ल्याएको उमेर जाँच परीक्षणसमेत गरिएको उल्लेख छ । कलेजले अटोप्सी जाँचलाई नेपालकै इतिहासमा नयाँ कदमको थालनीको भएको दावी गरेको छ ।

कोभिड –१९ सन्दर्भमा
केएमसीले पछिल्लो एक हप्तामा मात्रै १६ जनाको कोभिड जाँच र परीक्षण गरिएकोमा गरेकोमा ५ जना शंकास्पद विरामीको स्वाब टेस्टलाई टेकु पठाएको र सबैको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिएको छ ।

अन्य धेरै अस्पतालले कोभिड महामारीको बहाना गरेर ओपिडी, शल्यक्रियालगायतका सेवा बन्द गरेपनि केएमसीले सबै सेवालाई निरन्तरता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय