कपिलवस्तु, उदयपुर र पर्सामा थप सातजनामा कोरोना संक्रमण, संक्रमित संख्या १०९

नेपालमा थप सातजनामा कोरोनाभाइरस पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले थप सातजनामा संक्रमण भएको पुष्टि गरेका हुन्।

नयाँ संक्रमित यसअघि संक्रमण पुष्टि भएकाको आफन्त वा अन्य सम्पर्कमा आएकासहित भारतबाट फर्किएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएका परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुमा १७, १८ र १८ वर्षका तीन पुरुष र पर्साको छपकैयाका ६५ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर संक्रमितको संख्या १ सय ९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय