मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली

सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ । त्रिवि शिक्षण अस्पतालको युरोलोजी एवं मिर्गौला प्रत्यारोपण विभागको विभागीय प्रमुखको रुपमा लामो समयदेखि जिम्मेवारी सम्हालेका अनुभवी डा. ज्ञवालीलाई मन्त्रीपरिषद्ले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ती गरेको हो ।

रसियाबाट सन् १९९२ मा एमबिबिए र सन् १९९५ मा एमएस गरेका डा. ज्ञवालीले सन् २००३ मा सिंङ्गापुरबाट मिर्गौला प्रत्यारोपणमा फेलोसिप गरेका थिए ।

त्यसको ५ वर्षपछि नेपालमा सफल भएको मिर्गौला प्रत्यारोपणमा ज्ञावली पहिलो शल्यक्रियादेखि नै संलग्न थिए । नेपालमा सन् २००८ को अगस्ट ८ का दिनमा त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सुरु भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा विभागीय प्रमुखका रुपमा अधिकांश मिर्गौला प्रत्यारोपणमा सरीक भएका डा. ज्ञवाली पछिल्लोपटक प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोण टोलीको नेतृत्व गरेका थिए ।

डा. ज्ञवालीले आफूले औपचारिक पत्र बुझन् बाँकी रहेको भन्दै पत्र बुझेपछि कसरी काम गर्ने भन्ने योजना बनाउँने बताए । ‘प्राविधिक र प्रशासनीक रुपमा हाँसिल गरेको योग्यता, क्षमता र सीपक त्यो संस्थाका लागि लगाउँछनु’ उनले भने, ।

उनले मिर्गौला प्रत्यारोपणसँगै थुपै अंगको प्रत्यारोपण विकासको सोच लिएर खोलिएको संस्थालाई नयाँ दिनसक्ने विश्वास लिए । लोकतन्त्र स्थापनासँगै मिर्गौलासहित अन्य अंगको समेत प्रत्यारोपणको काम अगाडि बढाउँने सोच राखेर स्थापना गरिएपनि संस्थाले मिर्गौलाबाहेकको प्रत्यारोपणलाई गति दिन सकेको छैन् ।

विज्ञ जनशक्ति रिटेन गर्ने, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको स्थायित्व, अन्य संस्थागत क्षमता विस्तारमा संस्था निकै पछाडि परेको छ । भएका उपकरण नचल्ने, उपकरणको दुरुपयोग, मनपरि र अनवश्यक कर्मचारी नियूक्तीका सन्दर्भमा पनि संस्था पटकपटक विवादमा समेत तानिँदै आएको छ ।

यसअघि दुई कार्यकाल नेतृत्व गरेका डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत १७ गते सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय