काेराेना ‘हटस्पट’ हरूमा सेनाकाे टाेली

प्रदेश १, दुई र पाँच नम्बर प्रदेशमा व्यापक स्वाब संकलनका लागि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को अग्रसरतामा सेनासहितको टोली परिचालन भएको छ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार आवश्यक स्वास्थ्य सामग्री र उपकरणसहित टोली शुक्रबार स्वाब संकलनमा हिँडेको हो। सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार टोलीमा सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीको स्वास्थ्य टोली छ। यो टोलीलाई वैशाख २८ गतेसम्म तीन वटै प्रदेशका १४ जिल्लाका ५३ सय जनाको स्वाब संकलन गर्न निर्देशन दिइएको छ।

पाण्डेका अनुसार यो टोली सेनाको हवाई र यातायातका साधन लिएर हिँडेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  अनुसार प्रदेश १ को उदयपुरमा पाँच सय, प्रदेश २ को बारामा दुई सय, पर्सामा पाँच सय जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।

त्यस्तैगरी, गण्डकी प्रदेशमा नवलपरासी पूर्वबाट ४० जनाको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।

प्रदेश ५ मा नवलपरासी पश्चिम १५०, अर्घाखाँचीमा १८०, रुपन्देहीमा तीन सय, गुल्मीमा दुई सय, कपिलवस्तुमा ५ सय, प्युठानमा दुई सय, बाँकेमा एक हजार र बर्दियामा पाँच सय जनाको स्वाव संकलन गर्ने गरेर परीक्षण गर्ने तयारी छ ।

हालसम्म रुपन्देहीमा ३, नेपालगञ्जमा २४, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा २६, विराटनगरमा १७ र कपिलवस्तुमा २ जना कोरोना संक्रमित देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय