पुल टेस्टबाट कोरोना परीक्षण गर्न सुरु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २६ गते १७:३१

क्वारेन्टाइनमा रहेका अन्य न्युन जोखिममा रहेका व्यक्तिहरुको ‘कोभिड १९’ टेस्ट लागि पुल टेस्ट व्यवस्था सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुलिङ टेष्टलाई औपचारिक स्वीकृति दिएको प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार पुल टेस्टको लागि सम्बन्धित निकायलाई पत्रचार गरिएको छ।

पुलिङ टेष्टको माध्यमबाट एकै पटक थोरै किटले धेरैको कोरोना परीक्षण गर्न सकिन्छ। ‘ पुल टेस्टबाट थोरै रिएजेन्टले धेरै टेस्स गर्न सम्भव हुन्छ’, उनले भने, ‘जसले गर्दा परीक्षणको थप दायारा बढाउन सक्छौ।’

कोरोना आशंकामा हालसम्म पिसिआरबाट १५ हजार ४ सय ९२ गरिएकोमा हालसम्म १ सय २ जना संक्रमित फेला परेका छन्। हालसम्म र्‍यापिट टेस्टबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएको छ।

हालसम्म कुल दुवै विधिबाट ७० हजार २३ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २७, सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन्।

जसमध्ये रुपन्देहीमा ३, नेपालगञ्जमा २४, धनगढीमा १, भरतपुरमा १, विरगञ्जमा २६, विराटनगरमा १७ जना उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय