१५ हजार ४ सय ९२ कोरोना परीक्षण गर्दा १ सय २ जना संक्रमित भेटिए

कोरोना आशंकामा हालसम्म पिसिआरबाट १५ हजार ४ सय ९२ गरिएकोमा हालसम्म १ सय २ जना संक्रमित फेला परेका छन्। हालसम्म  र्‍यापिट टेस्टबाट ५४ हजार ५ सय ३१ नमुना परीक्षण भएको छ।

हालसम्म कुल दुवै विधिबाट ७० हजार २३ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

र्‍यापिट  टेस्टबाट प्रदेश १ मा ६ हजार ८ सय ४९, प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ , प्रदेश २ मा १ हजार २ सय ९१, बागमती प्रदेशमा २ सय ७२, गण्डकी प्रदेशमा ५ सय ११ हजार , प्रदेश ५ मा ५ हजार ८ सय ७, कणार्ली प्रदेशमा २ हजार ७ सय ५ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३ जना क्वारेन्टाइनमा रहेको छन्।

आइसोलेसनमा १ सय ३५ रहेका छन् भने रेडजोनमा १ सय ३६ जना रहेका छन्।

कोसी अस्पतालमा उपचारमा रहेको ८ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए। संक्रमित मध्ये ५ जना १७ र ३ जना १६ दिनमा डिस्चार्ज भएका हुन्। हालसम्म ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

उपचाररत ७२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २७, सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन्।

जसमध्ये रुपन्देहीमा ३, नेपालगञ्जमा २४, धनगढीमा १, भरतपुरमा १, विरगञ्जमा २६, विराटनगरमा १७ जना उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय