लकडाउन टिप्स : बारम्बार केही सेकेण्ड व्यायाम गरिरहे शरीर तन्दुरुस्त

दिनमा बारम्बार चार सेकेण्ड मात्र भए पनि सघन कसरत गर्दा घण्टौंसम्म निष्क्रिय बस्दा विकास हुने अस्वस्थ मेटाबोलिक (मानिसले खाएको खानालाई शक्तिमा रुपान्तरण गर्ने प्रक्रिया) अवस्थाबाट मुक्त हुनसकिने एक अध्ययनले देखाएको छ।

लकडाउनमा संसारका वहुसंख्यक मानिस घरमै निस्क्रिय भएर बसेको अहिलेको स्थितिमा यो तथ्य निकै आसलाग्दो हो। निष्क्रिय बसाइले मुटुरोग, मधुमेहसहित अन्य विभिन्न मेटाबोलिक समस्या देखिने खतरा रहन्छ। अमेरिकी वयष्कहरूमा हरेक दिन १० घण्टा केही नगरी बस्ने प्रवृति छ।

लामो समय विश्रामको अवस्थामा रहेको मांसपेशीले रक्तप्रवाहमा ट्राइग्लाइसराइड (टिजी) नामक -याट्टी एसिडको विकास तीव्र पार्छ, जसलाई सक्रिय अवस्थाको मांसपेशीले मात्र टुक्राउन सक्छ। उच्च टिजीले मुटु तथा विभिन्न मेटाबोलीक समस्याको जोखिम बढाउँछ। सिद्धान्ततः शारीरिक कसरतले मासंपेशीमा संकुचन ल्याउने हुँदा यस्तो समस्याबिरुद्ध लड्न सघाउँछ।

यूनिभर्सिटी अफ टेक्सासले गरेको उक्त अध्ययनका लागि पूरै दिन बसी मात्र रहेका विद्यार्थीहरूको रगत परीक्षण गरिएको थियो, जसबाट सामान्यभन्दा बढी मात्रामा टिजी देखियो। निष्क्रिय बसाइले मेजाबोलिज्मलाई टिजी नष्ट गर्न असक्षम तुल्याउने उक्त अध्ययनको निष्कर्ष हो।

गत अप्रिलमा मेडिसिन एण्ड साइन्स इन स्पोर्स एण्ड एक्सरसाइज नामक जर्नलमा छापिएको एक अध्ययनअनुसार आठ जना स्वस्थ वयष्क युवालाई दिनभरी प्रयोगशालामा बस्न लगाइयो र विभिन्न अन्तरालमा घरेलु प्रयोगको स्थीर साइकलमा अधिक परिश्रमयुक्त शारिरिक अभ्यास गर्न लगाइयो। यस क्रममा पूरै शक्ति लगाएर साइकलको पेडल चाल्दा उनीहरूको मेजाबोलिज्ममा निकै सकरात्मक असर देखाप-यो।

यस अध्ययनका नेतृत्वकर्ता तथा यूनिभर्सिटी अफ टेक्सासका प्राध्यापक एड कोयलले विभिन्न अन्तरालको कठिन कसरतले निष्क्रिय बस्दा शरिरमा पर्ने नकारात्मक असरलाई निरोध गर्ने बताए।

‘त्यसैले दिनभरी केहि नगरी यत्तिकै बस्नुको साटो बेलाबेला बढीभन्दा बढी सेकेण्ड आफ्नो कुर्सीबाट उठेर शरीरलाई उठबस वा हलचल गराउनु स्वस्थकर हुने देखिएको छ,’ उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय