‘कोरोनाले घृणाको सुनामी ल्याउन सक्छ’

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस विश्व महामारीका कारण ‘घृणा र डरको सुनामी’ ल्याउनसक्ने चिन्ता व्यक्त गर्दै घृणाका अभिव्यक्तिहरुबाट टाढा रहन विश्व समुदायलाई आग्रह गरेका छन्। उनले विदेशी नागरिकप्रति घृणा देखाउने भावना अनलाइन तथा सडकमै बढ्दै गएको एवम् यहुदी र मुश्लिम समुदाय बढी लक्षित भइरहेको उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको उत्पत्ति वुहानको प्रयोगशालाबाट भएको भन्ने दाबी दोहो-याईरहँदा चीनले चाहिं यसबारे डब्लुएचओबाट अनुसन्धान गराउन तयार रहेको भन्ने अभियक्ति आएलगत्तै महासचिव गुटरेसको वक्तव्य सार्वजनिक भएको हो।

ट्रम्पको यस्तो दाबीका कारण दुई शक्तिमान राष्ट्रबीचको द्धन्द्ध चुलिंदै गएको छ र उनीहरुबीचको व्यापार वार्ता पनि प्रभावित भएको छ।

अफ्रिकामा मात्रै झण्डै २ लाख मारिने चेतावनी

कोभिड–१९ विश्व महामारीले अफ्रिका महादेशलाई वर्षौसम्म सताउनसक्ने र आउने १२ महिनामा मात्रै १ लाख ९० लाख मानिसको ज्यान लिनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ।

गत महिना डब्लुएचओले अफ्रिकामा मात्रै आउने ६ महिनाभित्र १ करोड जना संक्रमित हुनसक्ने बताएकामा फेरि नयाँ चेतावनी थपेको हो। विशेषज्ञहरुले चाहिं महामारीको असर सम्वद्ध सरकारको कार्यमा निर्भर रहने बताउँदै आएका छन्।

डब्लुएचओले यसै साता सार्वजनिक गरेको अध्ययनमा कुनै रोकथामका उपाय नअपनाइएको खण्डमा महामारीको पहिलो वर्ष मात्रै करीब साढें करोड अफ्रिकी संक्रमित हुनसक्ने उल्लेख छ। यसले गर्दा अफ्रिकी भुभाग थला पर्नेछन्। अफ्रिकामा प्रति १० लाख मानिसका लागि मात्रै नौ आइसियु वेड उपलब्ध रहेको आँकडा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय