कोरोना उपचारमा खटिएका चिकित्सकलाई भत्ता उपलब्ध गराउन माग

चिकित्सकहरूको पेशागत हकहितको सुनिश्चिता गर्न, अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई गुणस्तरीय बनाउनका लागि चिकित्सकहरूले सरकार समक्ष केही सुझाव पेश गरेका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चिकित्सकहरूले समसामयिक स्वास्थ्य परिस्थिति र आगामी बजेटको सम्बन्धमा ध्यानकर्षण गरेका हुन्।

कुल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्यमा लगानी हुनुपर्ने, चिकित्सकहरूको सेवा सुविधामा बृद्धि हुनुपर्ने, चिकित्सकलाई सामाजिक सुरक्षा अन्तर्गतको घर बनाउन सहुलियतमा व्याज र गाडीमा भन्सार छुट जस्तामा सुझाव दिएका छन्।

त्यसैगरी, कोरोना परीक्षणमा -यापिटभन्दा पिसिआरमा जोड दिनुपर्ने, जोखिम भत्ता निर्देशकाबाट प्रत्यक्ष अप्रत्यक्ष खटिएका सबै चिकित्सकलाई भत्ता, सबै प्रदेशमा कम्तीमा १ सय बेड आइसियु भएको अस्पताल खोलिनुपर्ने जस्ता सुझाव पेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय