उच्चसावधानी साथ संघीय संसदको वर्षे अधिवेशन सुरु

संघीय संसद प्रतिनिधिसभाको छैटाैं अधिवेशन आजबाट सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाएपछि बैठक सुरू भएको हो।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार शुक्रबारका लागि सम्भावित आठवटा कार्यसूची तोकिएको छ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र पारमाणविक विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने कार्यसूची रहेको गौतमले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश पेस गर्दैछन्। गृहमन्त्री रामबहादुर थापाले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ पेस गर्ने कार्यसूची छ।

महासचिव गौतमका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ पेस गर्ने कार्यसूची छ।

यसअघि, संघीय संसदको बैठक आह्वान भएपछि सचिवालयले आवश्यक सम्पूर्ण तयारी गरेको छ। सभामुख सापकोटासहित सम्पूर्ण सांसदको पोलिएमरेक्स चेन रियाक्सन पिसिआर परीक्षणपछि मात्रै संसद बैठकमा प्रवेश दिइएको छ।

संघीय संसद सचिवालयका अनुसार २ सय ७५ जना सांसदको पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको छ। बिहीबार मात्रै २ सय १२ जना सांसदको स्वाब संकलन गरिएको थियो। शुक्रबार ६३ जनाको स्वाब संकलन गरिएको छ।

संघीय संसदका सभामुख, सांसद, अत्यावश्यक कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी बिहीबार कुल ४ सय ४१ जना र शुक्रबार कुल २ सय ५१ जना गरी ६ सय ९२ जनाको स्वाब संकलन गरिएको थियो। ५४ जना सांसदको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न बाँकी छ।

बैठकअघि, राष्ट्रपति र सभामुखबीच भेट

संघीय संसद सुरू हुनुअघि राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेट भएको छ। संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा राष्ट्रपति र सभामुखबीच छलफल भएको हो।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा चालु वर्षे अधिवेशन सञ्चालनका विषयमा छलफल भएको छ।

कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संगठनले गरेको दिशानिर्देश अनुसार संसदका बैठक सञ्चालनको तयारी गरिएको जानकारी सभामुखले गराए।

यसअघि, बैठककक्ष डिस्इन्फेक्टेड बनाएपछि चार घण्टासम्म सबै कक्षका ढोका बन्द गरिएको थियो। सेन्ट्रल एसीको साटो पङ्खा चलाइने छ। भित्र प्रवेश गर्नुअघि मास्क अनिवार्य गरिएको छ।

‘त्योभन्दा पहिले साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने र ठाउँ–ठाउँमा सेनिटाइजरको व्यवस्था मिलाइएको छ, सावधानी र सन्देशका सूचनाहरू बैठकका विभिन्न ठाउँमा राखेका छौँ, र दुरी कायम गरिदिन पनि अनुरोध गरेका छौँ,’ संघीय संसद सचिवालयका उपसचिव तथा सहायक प्रवक्ता दशरथ धमलाले भने।

बैठक कक्षमा एक मिटरको दुरीमा कायम गरिएको छ। एक जना सांसदले बोलिसकेपछि त्यही पोर्डिमयबाट बोल्नुपर्दा माइकसहित सबै ठाउँको सफाइ गर्ने व्यवस्था मिलाइएको छ।

प्रवेश गर्ने र बाहिर निस्किने गेटहरू पनि अलग–अलग तोकिएको छ। ‘यीसहित सावधानीका सबै उपाय अपनाएका छौँ,’ उनले भने। साथै, शौचालयलाई आधा–आधा घण्टामा सफाइ गर्ने प्रबन्ध गरिएको छ।

संसद सचिवालयका अनुसार स्वास्थ्य सुरक्षाका लागि चिकित्साक्षेत्रका अगुवा र विज्ञहरूलाई परिचालन गरिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई दृष्टिगत गरी उनको सचिवालयसँगको समन्वयमा विज्ञहरूले दिएको सुझाव अनुसार आवश्यक तयारी गरिएको छ।

संसद सचिवालयका सहायक प्रवक्ता धमलाका अनुसार डा. अमृत पोखरेलको नेतृत्वमा तीन सदस्यीय विज्ञ चिकित्सकको टोली परिचालन गरिएको छ।

‘चिकित्सकीय टोलीले स्थलगत अवलोकन गरेर यहाँको वस्तुगत अवस्थाका बारेमा विश्व स्वास्थ्य संगठनको मापदण्ड हुनेगरी सुझाव दिनु भएको छ,’ धमलाले भने, ‘पिसिआर टेस्ट लगायतको काममा स्वास्थ्य सेवा विभागको टोली आएर हेरिरहेको छ, र, प्रधानमन्त्रीको स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरू पनि आएर स्थलगत अध्ययन गरिरहनु भएको छ।’

संसदको स्वास्थ्य इकाइले सम्पूर्ण काममा उच्च सावधानीका साथ सुक्ष्म निगरानी गरी केही समस्या भए तत्कालै सुधार गर्नेगरी काम गरिरहेको धमलाले बताए।

संसद सचिवालयका सहायक प्रवक्ता धमलाका अनुसार डा. अमृत पोखरेलको नेतृत्वमा तीन सदस्यीय विज्ञ चिकित्सकको टोली परिचालन गरिएको छ।

‘चिकित्सकीय टोलीले स्थलगत अवलोकन गरेर यहाँको वस्तुगत अवस्थाका बारेमा विश्व स्वास्थ्य संगठनको मापदण्ड हुनेगरी सुझाव दिनु भएको छ,’ धमलाले भने, ‘पिसिआर टेस्ट लगायतको काममा स्वास्थ्य सेवा विभागको टोली आएर हेरिरहेको छ, र, प्रधानमन्त्रीको स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरू पनि आएर स्थलगत अध्ययन गरिरहनु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय