पुरानो मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोराना नेगेटिभ

बसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ वैशाख २६ गते १५:५०

चितवनस्थित पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी ६० वर्षीया महिलामा कोरोना नभएको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि अस्पताल भर्ना भएकी रुपन्दे घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो।

अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौं पठाइएको थियो। उनीमा ज्वरो, स्वासप्रश्वास र उच्च रक्तचाप लगाएतको स्वास्थ्य समस्या रहेको अस्पतालले जनाएको छ। रिपोर्ट नेगेटिभ आएपछि शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

महिलासँगै पठाइएको अन्य २४ जनाको रिपोर्ट पनि नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय