ट्रम्पका परिचरलाई कोरोना

ह्वाइटहाउसमा कार्यरत एक कार्यालय सहायकमा कोरोना भाइरस संक्रमण देखिएको छ। अमेरिकी सेनाका कर्मचारी उनी राष्ट्रपति डोनाल्ड ट्रम्पकै व्यक्तिगत परिचरमध्ये एक हुन्। हवाइटहाउसका सहायक प्रेससचिव होगान गिड्लेका अनुसार मेडिकल टिमले आजै त्यसबारे जानकारी दिएपछि तत्काल ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको परीक्षण गर्दा नेगेटिभ पाइएको छ।

सिएनएनका अनुसार ती परिचरमा बुधबार बिहानदेखि कोरोना लक्षण देखिएकाे थियाे। हवाइटहाउसका कामदारमा कोरोना पोजेटिभ देखिएको यो दोस्रोपटक हो। गत मार्चमा उपराष्ट्रपति पेन्सका एक कर्मचारीमा पोजेटिभ देखिएको थियो। मार्च सुरुवातमै ट्रम्पका निजी फ्लोरिडा क्लबमा आयोजित पार्टीमा सहभागी अन्य धेरैजनामा पनि पोजेटिभ भेटिएको थियो।

हवाइटहाउसभित्रैको यो घटनाले अर्थतन्त्र र जनजीवन खुला गर्ने तयारीमा लागेको अमेरिकी सरकारका लागि नयाँ चुनौती भएकाे छ। जनस्वास्थ्य विज्ञहरूले घरभित्रै बस्नुपर्ने नियमलाई हतारमा हटाउनु हजारौं अमेरिकीलाई ‘मुत्युदण्ड’ दिएबराबर हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय