कोसी अस्पतालबाट थप ८ कोरोना संक्रमित डिस्चार्ज, निको हुने संख्या ३० पुग्यो

कोसी अस्पतालको कोरोना अस्पतालमा उपचाररत थप ८ जना निको भएर डिस्चार्ज भएका छन् ।  संक्रमितको पछिल्लो रिर्पोट नेगेटिभ आएसँगै शुक्रबार डिस्चार्ज गरिएको अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन ।

निको हुने ७ जना नेपाली हुन भने एक भारतीय नागरिक हुन । डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए । बुधबार कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।

विराटनगरको कोरोना अस्पतालमा ३१ जना कोरोना संक्रमित भर्ना भएका अब १७ जना अस्पतालमा रहेका छन् ।  हाल नेपालमा कोरोना संक्रमण हुने संख्या ३० पुगेको छ । निको भएका ३ जनामा पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १०१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय