‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन र नियमावली परिमार्जन गर्न चिकित्सक संघकाे माग’

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ती निकाल्दै मन्त्रिपरिषद्मा बिचारधिन रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन परिमार्जन गर्ने माग गरेको हो ।

‘कोभिड १९’ रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नको लागि ऐन परिमार्जन गर्नु पर्छ, विज्ञप्तीमा भनिएको छ,‘ मन्त्रि परिषद्मा बिचारधीन रहेको ऐन तुरुन्त परिमार्जन होस ।’

कोरोना उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुने सरहको प्रचलित कानुन बमोजिमको कारबाही गर्ने भनिएतापनि ऐन मन्त्रिपरिद्मा बिचाराधीन अवस्थामा रहेका कारण तुरुन्तै परिमार्जनको गर्नेको लागि संघले सरकार समक्ष माग गरेको हो ।

कोरोना महामारीविरुद्धको लडाईंमा अग्र भागमा खटिएका स्वास्थ्यकर्मी उच्च सम्मास्वरुप तथा संक्रमितको शीघ्रस्वास्थ्यलाभ र मृत्युवरण गरेकाहरुको आत्माको चीरशान्ती कामनाका लागि दीप प्रज्वलन गरिएकोप्रति संघले आभार समेत व्यक्त गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय