शान्त सडकमा ‘बैजनी कार्पेट’
यतिबेला काठमाडौंका सहरमा उतिसाराे मान्छे छैनन्। लगभग सडकहरु खालि खालि छन्। निकै कममात्रामा गाडीहरु चलेका छन्। काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन भन्दै गरिएकाे लकडाउन एक महिनाभन्दा बढी भइसकेकाे छ। सारा मानिस घरभित्रै छन्।
र, प्रकृति आफ्नै लयमा छ। काठमाडाैं यतिबेला बैजनी रंगमा घुलेकाे छ। सडकका किनारामा बैजनी रंगमा फुलेका जकारान्डाले सहर पूरै बैजनी बनाइदिएकाे छ। फुलेर पनि झरेका ती फूलहरुले सडक नै बैजनी कार्पेट बिछ्याएजस्तै देखिन्छ।
खासगरी दरबारमार्ग, रत्नपार्क, रिङराेड तथा सिंहदरबार वरिपरिकाे बैजनी दृश्य आजकल हेर्न लायक छ। हेल्थपाेस्ट नेपालका साैरभ रानाभाट र शिरिष मान महर्जनले कैद गरेका केही तस्विरहरु-