थप २ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या सय कटेसँगै नेपाल जोखिमको चौथो चरणमा

कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राती ८ः४० बजे प्रेस विज्ञप्ती मार्फत उक्त जानकारी गराएको हो।

यस संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेका छन् । यस अघि बाँकेमा २३ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमित भेटिएका थिए ।

प्रेस विज्ञप्ती अनुसार कपिलवस्तु ८ निवासी १६ र २२ बर्षका दुई पुरुषको स्वाब परीक्षणमा रिर्पोट पोजेटिभ आएको हो। उनीहरुको स्वाब परीक्षण राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको थियो।

तर उनिहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा रहेको प्रारम्भिक जानकारी आएको छ।

संक्रमण जोखिमको ६ चरणमध्ये संगठन १०० भन्दा बढी केस देखिएपछि पनि जोखिमको चौथो स्टेजमा राख्छ ।

यसअघि डब्लुएचओले अप्रिल २१ मा गरेको संक्रमण फैलिएका देशको जोखिम अवस्था मुल्यांकनमा तेस्रो चरणको जोखिम अवस्थामा राखेको थियो ।

डब्लुएचओले जोखिमका आधारमा ६ प्रकारमा बर्गीकरण र संक्रमण अवस्थाको आधारमा चार चरणमा बर्गीकरण गर्छ । संक्रमण अवस्थाका आधारमा तेस्रो चरणमा प्रवेश गरेको आंकलन गरिएपनि सरकारले घोषणा गरिसकेको छैन् ।

समुदाय संक्रमण फैलिएको र संक्रमणको स्रोत थाहा नभएको अवस्थामा संक्रणत तेस्रो चरणमा प्रवेश गर्छ भने, त्यसपछि महामारीको अवस्था हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय