फेरि त्रसित बन्यो कैलाली कञ्चनपुर

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख २५ गते १८:४१

प्रदेश नम्बर ५ को बाँकेमा कोरोना भाइरसबाट संक्रमित विरामीको संख्या बढेसँगै बाँकेसँगै जोडिएका सुदूरपश्चिमका कैलाली र कञ्चनपुमा फेरी त्रास बढेको छ।

पछिल्लो २४ दिनसम्म सुदूरपश्चिममा कोरोनाका नयाँ संक्रमित फेला नपर्दा सामान्य बनेको जनजीवन बाँकेमा बढेको विरामीको संख्याका कारण पुनः त्रसित बनेको हो। बाँकेमा कोरोना संक्रमितको संख्या बढेसँगै कैलाली कञ्चनपुरका नागरिक पुनः बाहिर निष्कन छाडेका छन् भने प्रशासनले समेत लकडाउनलाई कडाई गरेको छ।

सुदूरपयिश्चम प्रदेशमा तीन साता सम्म कोरोनाका नयाँ संक्रमित नपरेपछि लकडाउनलाई खुकुलो बनाएको प्रशासनले बाँकको अवस्थालाई आँकलन गर्दै यही बैशाख २२ गते देखी पुनः लकडाउनमा कडाई गरेको छ। नयाँ कोरोनाका वीरामी नदेखिएपछि यस अघि बैशाख २० गते देखी कैलालीमा बिहान ११ देखी २ बजेसम्म किराना पसल सुचारु गर्न दिने, छोटो दूरीका सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो। यसै गरी जिल्ला प्रशासन कार्यालय कैलालीले लामो दूरीको यातायातका साधनलाई समेत आवश्यकता अनुसार पास उपलब्ध गराई अलपत्र परेका यात्रुलाई गन्तव्य स्थान सम्म पुग्न सहज बनाएको थियो।

एकाएक बाँकेका कोरोना संक्रमित बढे संगै सवै निर्णय बदर गरेर लकडाउनमा पुनः कडाई गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। प्रदेश नमबर–५ र कर्णाली प्रदेशमा कोरोनाका नयाँ संक्रमित नदेखिएको अवस्थामा सुदूरपश्चिममा समेत लामो समयसम्म कुनै विरामी फेला नपरेपछि लकडाउनलाई केही खुकुलो बनाएका थियौं,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने,‘बाकेको अवस्थाले पनः जोखिम बढ्न सक्ने भएपछि लकढाउनमा कडाई गर्ने निर्णय गरेका छौं।’ यस अघि सवारी लाई उपलब्ध गराउँदै आएको इ-पाससमेत हालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

अहिले सुदूरपश्चिम संग सीमाना जोडिएका अनतराष्ट्रिय तथा राष्ट्रिय प्रवेस नाकालाई सील गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने,‘आन्तरिक लकडाउनलाई समेत कडाई गरिएको छ।’

त्यस अघि सुदूरपशिचममा ५ जना कोरोनाका विरामी फेला परेपछि सुदूरपशिचम प्रदेशको जनजीवन निकै त्रसित बनेको थियो। सेती प्रादेशिक अस्पतालमा एक पछि अर्को गर्दै कोरोना संक्रमित थपिन थालेपछि सुदूरपश्चिमेली नगरिक उपचारका लागि अस्पताल जानै छोडेका थिए। तर लकडाउन सामान्य बनेका कारण केही राहतको महसुस गरिएको भएपनि बाँकेको अवस्थाले पुनः त्रसित बनाएको धनगढी उप–महानगरपालिका–३ का वडा अध्यक्ष बलबहादुर ऐरले बताए। ‘अहिले सवै वडावासीमा अव केहुन्छ भन्ने कौतुहलता र त्रास बढेको पाइन्छ,’ वडा अध्यक्ष ऐरले भने,‘कोरोना त्रासकै कारण धेरै नागरिक मानसिक रोगको सीकार बन्न थालेका छन्।’

यसै गरी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा समेत अत्यावश्यक बस्तु ढुवानीका लागि जारी सबै पास रद्द गरिएका छन्। बाँकेमा कोरोनाको संक्रमण देखिएपछि यही बैशाख २३ गते जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। त्यस अघि कञ्चनपुरमा लकडाउनका बेला अत्यावश्यक खाद्यान्न लगायतका बस्तु आपूर्ति गर्न विभिन्न मितिमा अवधि नतोकिएका पासहरू दिइएको थियो। साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काम गर्ने अनुमति पाएका आयोजनाहरूले पुनः पास लिन सूचना समेत जारी गरेको छ।

लकडाउन कडाई गरिएसँगै कैलालीमा १ सय ६७ र कञ्चनपुरमा ४८ सवारी साधनलाई कारवाही गरिएको छ। हाल सम्म सुदूरपश्चिम प्रदेशमा १४ हजा २ सय ४४ जनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा मात्रै पोजेटिभ देखिएको छ। हालसम्म कैलालीमा ६७ र कञ्चनपुरमा ३० जना भारतीय नागरिकलाई क्वारेण्टीनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय