‘प्रतिकूल परिस्थितिमा पनि काम गरिरहेका छौं, गलत भ्रम छर्ने काम नहोस्’

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २५ गते १६:५८

प्रतिकुल परिस्थितिमा आफूहरूले काम गरिरहेको बताउँदै रसायन तथा मेडिकल आपूर्ति संघले केही सञ्चारमाध्यममा भ्रामक समाचार आइरहेको भन्दै खन्डन गरेको छ।

एक विज्ञप्ति जारी गर्दै संघले संघको सदस्य श्री ओम सर्जिकल कन्सर्नले स्वास्थ्य सेवा विभागमा कोरोनासँग सम्बन्धित विभिन्न मेडिकल सामान सप्लाई गर्ने कार्यलाइ बिना आधार तथ्यहिन समाचार सम्प्रेषण भइरहेको भन्दै उसले आपत्ति जनाएको हो

संघमा आवद्ध ३५० भन्दा बढी व्यवसायीहरूले असहज परिस्थितिका वावजुद् पनि सरकारसँग मिलेर काम गरिरहेको बताउँदै भ्रमको पछि नलाग्न आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय