एक दिनमा १४५१ नमुना परीक्षण, थप संक्रमण भेटिएन

गत २४ घण्टामा १ हजार ४ सय ५१ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोनाको आशंकामा पिसिआरबाट १४ हजार ५ सय ९ र र्‍यापिट टेस्टबाट ५४ हजार ९३ नमुना परीक्षण भएको छ ।

र्‍यापिट  टेस्टबाट प्रदेश १ मा ६ हजार ५ सय ५९, प्रदेश २ मा ५ हजार ३ सय ४८, बाग्मती प्रदेशमा ९ सय ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३, कणार्ली प्रदेशमा ६ हजार ६ सय ८ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

बिहिबार क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेका छन् । प्रदेश १ मा १ हजार ९ सय १५, प्रदेश २ मा १ हजार २ सय ९०, बागमती प्रदेशमा २ सय ६१, गण्डकी प्रदेशमा ५ सय २८, प्रदेश छ मा ६ हजार ८ सय १२ , कणार्ली प्रदेशमा ३ सय ८९ र सुदुरपश्चिममा ३ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १ सय ३३ आइसोलेसन र ३ सय ३५ जना रेडजोनमा रहेका छन् । कुल संक्रमित ९९ जनामध्ये ७१ पुरुष र २८ जना महिला छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा २, बागमतिमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय