पोखराको मनिपाल अस्पतालमा तिम्ल्याहा शिशुको जन्म

हेल्थपोस्ट/पोखरा
प्रकाशित
२०७७ वैशाख २५ गते १६:२०

पोखराको मनिपाल शिक्षण अस्पतालमा एक किशोरीले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन्। पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो साढे १ बजे ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

७ महिनाकी गर्भवती रहेकी उनले शल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिए। भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्।

उनको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. पाण्डेले बताए।

‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ। अहिले शिशुलाई एनआइसियुमा राखिएको छ,’ डा. पाण्डेले भने। यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय