बुद्ध जयन्तीमा ‘एक्लाे’ स्वयम्भू (फोटाे फिचर)

आज २५६४ वुद्ध जयन्ती। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‌याको योगदानको स्मरणस्वरुप मनाइन्छ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्नेजस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन लागिएको छ।

हरेक वर्ष लुम्बिनी स्वयम्भुजस्ता धार्मिकस्थलमा निकै धुमधामका साथ मनाउने गरिएपनि यसवर्ष भने यी स्थलहरु सुनसान छन्।

यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ । आम मानिसलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

हेल्थपोस्ट नेपालका सौरभ रानाभाटले यसपालि बुद्ध जयन्तीका दिन सुनसान स्वयम्भुका केही तस्विर खिचेका छन् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय