कोरोना भाइरसमाथि विजय : नयाँ संक्रमण शून्य भएसँगै हङकङमा सामाजिक दुरीको नियम खुकुलो

लगातार सत्रौं दिनसम्म पनि कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएपछि हङकङका अधिकारीहरूले सामाजिक दुरीको नियम खुकुलो बनाउ“दै सहर सामान्य अवस्थातर्फ फर्काउन थालेका छन्।

केही आयातित ‘केस’ बाहेक स्थानीयस्तरमा व्यक्ति–व्यक्तिबीच कोरोना संक्रमण दर्ता नभएको हिजो (बुधबार) सत्रौं दिन हो। हङकङमा हालसम्म १ हजार ४० जनामा ‘कोभिड–१९’ संक्रमण देखिएको छ जसमध्ये जम्मा चारजनाको मात्र मृत्यु भएको थियो।

सामाजिक दुरीको नियममा ल्याइएको खुकुलोपनाले ठूलो स्वरूपको विवाह तथा वृहतस्तरको सामाजिक समारोह एवं भेलाका लागि बाटो खुला गरेको छ।

यसका साथै निश्चित सर्तका अधिनमा रही शुक्रबार (भोलि) देखि केही व्यवसाय सञ्चालनमा ल्याइने त्यहा“को खाद्य तथा स्वास्थ्य विभागले जनाएको छ।

‘केही व्यवसाय तथा सामाजिक समारोहमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ भने उपयुक्त समयमा पुनर्विचार गरी अन्यलाई पनि विस्तारै खुलाइने छ,’ ब्युरो सचिव सोफिया चान सिउचीले भनिन्, ‘हालको खुकुलोपनाले आमजीवनलाई विस्तारै सामान्य अवस्थामा फर्कन सघाउने विश्वास लिइएको छ।’
यद्यपि, सामाजिक दुरीमा अपनाइएको खुकुलोपनाले ‘सन्तोषजनक परिणाम’ नदिएको खण्डमा त्यसलाई पुनः लागू गरिने पनि उनले स्पष्ट पारिन्।

विभागका प्रमुख कार्यकारी केरी लाम चेङले गत मंगलबारै मनोरञ्जन पार्क, रेस्टुरेन्ट, सिनेमा घर, जिम हल, ब्युटी तथा मसाज पार्लर र जुवाघरलगायत आठ प्रकारका ब्यवसायलाई पुनः सञ्चालन अनुमति दिइएको जानकारी दिएका थिए।

उनका अनुसार कूल क्षमताको आधामा बिनालाइभ संगीत वा कारोओके तथा नृत्य मैदान (डान्स ºलोर) बन्द गरी प्रतिटेबलमा चारजनासम्म ग्राहक राखेर बार तथा पब पनि सञ्चालनको स्विकृति दिइएको हो।

ग्राहकलाई डेढ मिटर दुरीमा राख्नुपर्ने तथा एउटा समूहमा आठजना भन्दा बढी रहन नपाउने लगायत आठ किसिमका व्यवसाय खोल्न लागि लगाइएका सर्तमध्ये केही हुन्।

यसैगरी खाना तथा पेय पदार्थ उपभोग, कसरत वा सौन्दर्य प्रशाधन प्रयोग गर्दाको अवस्थामा बाहेक मास्क अनिवार्य प्रयोग, ग्राहकको तापक्रम जा“च तथा स्यानिटाइजर प्रयोगलगायत अन्य सर्त हुन्।

विभागका प्रमुख कार्यकारी केरी लाम चेङले गत मंगलबारै मनोरञ्जन पार्क, रेस्टुरेन्ट, सिनेमा घर, जिम हल, ब्युटी तथा मसाज पार्लर र जुवाघरलगायत आठ प्रकारका ब्यवसायलाई पुनः सञ्चालन अनुमति दिइएको जानकारी दिएका थिए।

जिमहलको सन्दर्भमा डेढ मिटर दुरी कायम गर्नुपर्ने, जिमका सामग्री प्रभावकारी हिसाब खण्ड–खण्डमा विभाजन गर्नुपर्ने तथा प्रत्येकपटकको प्रयोगपछि ती उपकरणलाई निसंक्रामक बनाउनुपर्ने लगायत निर्देशन दिइएको छ भने एउटा सत्रमा परीक्षकसहित आठजनासम्म मात्र सहभागी हुनुपर्ने पनि उल्लेख छ।

यसैगरी ब्युटीपार्लरले पनि सेवाग्राहीलाई डेढ मिटर दुरीमा राख्नुपर्ने, सेवा दिँदाको अवस्थामा कर्मचारीले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने तथा हरेकपटकको प्रयोगपछि तौलिया तथा अन्य उपभोग्य सामग्री फेर्नुपर्ने बताइएको छ। यसका साथै पार्लरमा वाष्पउपकरण एवं विभिन्न वाष्पिकृत रसायन प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

सिनेमा हल आधामात्र क्षमतामा चलाउँदै प्रत्येक लहरमा आठभन्दा बढी दर्शक स“गै नबस्न निर्देशन दिइएको छ भने खाद्य तथा पेयपदार्थ उपभोगलाई हलभित्र वर्जित गरिएको छ।

यसैगरी विवाह समारोहमा ५० जनासम्मले सहभागिता जनाउन पाउनेछन् जुन सामाजिक दुरीको नियम खुकुलो पार्नुअघिसम्म २० जनामा सीमित थियो।
हङकङ फेडेरेसन अफ रेस्टुरेन्ट एन्ड रिलेटेड टे«ड्सका अध्यक्ष सिमोन वङले मंगलबारको निर्णयपछि रेस्टुरेन्ट तथा होटलले आमाको मुख हेर्ने दिन तथा विवाह भोजका लागि अधिकमात्रामा बुकिङ हासिल गरिरहेको प्रतिक्रिया दिए।

‘५० जनासम्म सहभागी हुन पाउने हालैको व्यवस्थाका कारण सामाजिक दुरी कायम रहँदा विवाह रद्ध गरेका जोडी यसै महिना लगनगा“ठो कस्न उत्साही छन्,’ वङ भन्छन्।

अधिकारीहरूले सामाजिक दुरीलाई मार्च अन्त्यतिर कार्यान्वयनमा ल्याउँदा कार्यस्थल, सार्वजनिक यातायात, २० जनाभन्दा कम मानिस सहभागी विवाह समारोह, मलामी तथा मृत्यु संस्कार एवं सरकारी भवनलगायत परिधिभित्र समावेश गरेका थिएनन्।

विभागका अनुसार हङकङका २ हजार ५ सय सूचीकृत कम्पनीले सार्वजनिक स्थानमा सेयरधनीको बैठक सञ्चालन गर्न पाउनेछन् तर यस्ता बैठकमा खाना वा पेयपदार्थ ‘सर्भ’ गर्न भने पाइने छैन।

यद्यपि, रात्रिकालीन क्लब, सौना, पार्टीस्थल तथा काराओके लाउन्जलगायतमाथि लगाइएको प्रतिबन्धलाई अर्को सूचना नआउँदासम्मका लागि निरन्तरता दिइएको छ।

यसैबीच सेन्टर फर हेल्थ प्रोटेक्सनले कोरोना भाइरस बिरामी अस्पतालबाट डिस्चार्ज हुने बारेको मापदण्डमा पनि परिमार्जन गरेको छ। नया“ मापदण्डअनुसार कोरोना भाइरसको एन्टिबडी जा“चमा सकारात्मक देखिएका बिरामीलाई अस्पतालबाट डिस्चार्ज दिइने छ।

विभिन्न एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय