क्यान्सर अस्पतालको निर्देशकमा डा. गौतम नियुक्त

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २५ गते १४:३४

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा.देज कुमार गौतम नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिको बुधवार बसेको बैठकले डा.गौतमलाई निर्देशकमा नियुक्त गरेको हो ।

अस्पतालको निर्देशकका लागि सिफारीस समितिले तीन जनाको नाम सञ्चालक समितिमा सिफारीस गरेको थियो । सिफारिसमा पर्ने मध्येमा डा.गौतम संगै डा.बिनुमा श्रेष्ठ र डा. सदिना श्रेष्ठ रहेका थिए ।

यसअघि क्यान्सर अस्पतालको उपनिर्देशक समेत रहेको डा. गौतम नाक कान घाँटी तथा तथा हेड नेक सर्जरी रोग विशेषज्ञ हुन्। क्यान्सर अस्पतालको निर्देशकको कार्याकाल तीन वर्ष रहने व्यवस्था छ ।

क्यान्सर अस्पतालको निर्देशक बन्नका लागि एमडि गरेर विपी कोईराला क्यान्सर अस्पतालमा १० बर्ष काम गरेको र बाहिर अस्पतालमा १५ बर्ष काम गरेको हुनुपर्ने छ । यसअघि क्यान्सर अस्पतालको निर्देशकमा डा. विजयचन्द्र आचार्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय