बजेट वृद्धि कोभिड–१९ प्रतिकार्य प्रभावकारी पार्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अस्पताललाई कोभिड र ननकोभिडमा वर्गीकरणगरेर नियमित स्वास्थ्य सेवा सुचारु र स्वास्थ्य क्षेत्रमा समग्र बजेट बृद्धिका लागि ध्यानाकर्षण गराएको छ ।

आगामी बजेट, नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतसँगै कोभिड रोकथामका लागि मन्त्रालयको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्नसमेत संघले माग गरेको छ ।

संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोलीले विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भेटेर मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।

बजेट कम्तिमा १० प्रतिशत
संघले ज्ञापनपत्रमार्फत् विश्वव्यापी महामारीसँग लड्नसक्ने स्वास्थ्य क्षमता विकासका लागि पनि कुल बजेटका कम्तिमा १० प्रतिशत पुर्याउँन मन्त्रीमार्फत् समग्र सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले छुट्टै स्वास्थ्य सेवा ऐनको व्यवस्था गर्न, सुरक्षित चिकित्सा सेवाका लागि प्रभावकारी कानून निर्माणसँगै स्वास्थ्य स्वास्थ्यमा भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरण थप गर्न पनि उल्लेख्य बजेट विनियोजनका लागि माग गरेको अध्यक्ष डा. कार्कीले जानकारी दिए ।
गरेको छ ।

कोभिड १९ महामारी नियन्त्रण
विश्वव्यापी कोभिडको महामारीसँगै लकडाउनका कारण अस्पतालमा ओपिडी सेवा दिन सहज नभएको भन्दै संघले तत्काल उपयुक्त वातावरण बनाइदिन माग गरेको छ । संघले जोखिममा काम गर्ने जनशक्तिलाई व्यक्तिगत सुरक्षा सामग्रीसँगै उपचारसम्बन्धी प्रटोकल, खटिने जनशक्तिलाई विशेष सेवा र सहुलियतको व्यवस्था गर्नसमेत माग गरेको छ । संघले तत्काल १ हजार शैयाको विशेष अस्पताल बनाउँनसमेत सरकारसँग माग गरेको छ ।

सो क्रममा मन्त्री ढकालले महामारी रोकथामा र नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्य जनशक्तिले पुरयाईरहेको सेवाको सरहना गर्दै सरकार आगामी दिनमा स्वास्थ्य क्षेत्रको बजेट बृद्धिको पक्षमै रहेको बताए ।

One thought on “बजेट वृद्धि कोभिड–१९ प्रतिकार्य प्रभावकारी पार्न चिकित्सक संघको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय