संसद बैठक बस्नुअघि सभामुख र सांसदको कोरोना परीक्षण

संघीय संसदको वर्षे अधिवेशन सुरू हुनुुअघि सभामुख अग्निप्रसाद सापकोटा र संघीय संसदका सदस्यहरूको कोरोना परीक्षण गरिएको छ।

सभामुख सापकोटाको सचिवालयले दिएका जानकारी अनुसार सांस, कर्मचारी र सुरक्षाकर्मीहरूको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो।

यसअघि पिसिआर पद्धतिबाट कोरोना परीक्षण गर्ने निर्णय भएको थियो। बिहीबार बिहान सभामुख सापकोटाको थ्रोट स्वाब लिइँएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा मन्त्री तथा सांसदहरूको थ्रोटस्वाब लिएर टेकु अस्पतालमा परीक्षणका लागि पठाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय