अस्ट्रेलियाबाट फर्किंदा वाइडबडीले ३० हजार थान कोरोना परीक्षण कीट ल्याउने

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले अस्ट्रेलियाबाट फर्किँदा ३० हजार थान कोभिड-१९ परीक्षण कीट ल्याउने भएको छ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासका अनुसार वाइडबडी विमानले मलेसियाको राजधानी क्वालालाम्पुरबाट ३० हजार टेस्ट कीट ल्याउने भएको हो।

विभिन्न देश र निकायबाट सहयोग प्राप्त भएर मलेसियाको कोलालम्पुरमा संकलन गरिएको मेडिकल सामग्री लिएर फर्किने दूतावासले जानकारी दिएको छ। आफ्ना देश जाने नागरिक लैजान चार्टर गरिसकेको अवस्थामा रित्तै फर्किन लागेको जहाजमा मेडिकल सामग्री ल्याउने प्रवन्धका लागि नेपाल सरकारले पहल र आग्रह गरेपछि दुतावास सहमत भएको थियो ।

लकडाउनमा फसेका २ सय ८१ जना यात्रु लिएर बुधबार वाइडबडी अस्ट्रेलिया प्रस्थान गरेको छ। सिड्नीबाट नेपाल एयरलाइन्सको वाइडबडी बिहीबार क्वालालाम्पुर आएर कीट लोड गरी नेपाल आउने छ।

अहिले नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ ।

पछिल्लो एक महिनादेखि नेपाली सेना र स्वास्थ्य सेवा विभागले पनि २ अर्वभन्दा बढीको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएपनि ल्याउँन नसक्दा परीक्षण कीटलगायतको अभावमा कोरोना नियन्त्रण तथा रोकथाम अभियानमा ठूलो प्रभाव परिरहेको छ ।

उक्त उडानमा एक सय २७ जना अस्ट्रेलियाली, एक सय ४९ जना पिआर प्राप्त नेपाली, ५ जना न्यूजील्यान्डका नागरिक बोकेर अस्ट्रेलिया उडेको छ।

उडानमा ५८ जना बालबालिका छन्। अस्ट्रेलिया गएकामध्ये एक सय १८ जनालाई काठमाडौं बाहिरबाट ल्याइएको हो। बुटवल र चितवनबाट ४० जना, झापा र पोखराबाट १८-१८ जनालाई काठमाडौं ल्याइएको थियो।

महामारी बढ्दै जाँदा नेपाल सरकारले पनि लकडाउन सुरु गरेपछि धेरै देशहरुले विमान चार्टर गरेर आफ्ना देशका नागरिक फिर्ता लगिरहेका छन् ।

यसैबीच नेपाल सरकारले पनि विदेशमा रहेका ४ लाख नेपाली स्वदेश फर्किन चाहेको भन्दै पहिलो चरणमा ४० हजारलाई फिर्ता ल्याउँने तयारी थालेको छ

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय