आइएनजिओहरुले दिए सरकारलाई साढे ४ करोड बराबरको स्वास्थ्य सामग्री

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ(एआइएन)ले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बुधबार महिला बालबालिका तथा ज्येष्ट नागरिक मन्त्रालयको समन्वय र समाज कल्याण परिषदको सहयोगमा (एआइएन)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो। उक्त सामान विभिन्न १६ वटा गैरसरकारी संस्थाहरुले उपलब्ध गराएका हुन्।

(एआइएन)ले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीहरुमा पिपिइ, किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटि ग्लोब्स, केएन ९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने स्यानिटाइजर र किटनाशक सामग्रीहरु छन्।

एआईएनले कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि संघमा आवद्ध भएका १ सय २९ संस्थामध्ये ६५ संस्था सक्रिय रुपमा लागेको बताएको छ।

संघले कोरोना भाइरस नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य, जीविकोपार्जन तथा आर्थिक उत्थानका लागि अहिलेसम्म २ अर्ब सहयोग गरेको जानकारी दिएको छ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री किन्न समेत नपाइरहेको संकटको घडीमा गैरसरकारी संस्थाको समूहले गरेको सहयोग प्रशंसायोग्य भएको बताए।

‘स्वास्थ्य सामग्रीको संकट भएको समयमा गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री उपलब्ध गराएर ठूलो सहयोग गरेको छ, स्वास्थ्य सामग्रीलाई चाँडै नै प्रदेश र जिल्लाहरुमा पु¥याइने छ’ उनले भने।

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ(एआइएन)का अध्यक्ष अच्युतकुमार लुइटेलले कोररोना भाइरसको रोकथाम, नियन्त्रणका लागि सरकार विकास साझेदार र नागरिक संघसंस्थाहरु एक भएर लाग्नुपर्ने बताए।

त्यस्तै एआइएनकी उपाध्यक्ष लोरा वूनेनवर्गले अहिलेको कठिन समयमा गैरसरकारी संस्थाहरुलाई मन्त्रालहरुले गरेको सहयोगप्रति आभार प्रकट गरेकी थिइन्।

उक्त सामग्री एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइएनएफ नेपाल, आइपास नेपाल, लुथरन वल्र्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपाललगायतका संस्थाहरुले जुटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय