चीनले दियो नेपाललाई स्वास्थ्य सामग्री  

चीनले नेपाललाई कोरोना भाइरससँग जुध्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ। चीनले ९ हजार थान पिपिई, १० हजार थान एन-९५ मास्क र गगल्स सहयोग गरेको हो।

बुधबार चीनले पठाएको उक्त स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। दूतावासका अनुसार चीनले तीन लाख ३८ हजार डिस्पोजेबल मास्क पनि नेपाललाई दिएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीलाई स्वास्थ्य सामग्री राजदूत हु याङ्कीले हस्तान्तरण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय