फाेन गरेर देउवाले ओलीलाई भने- नेपालीलाई देश फर्काउनुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन विषयमा ध्यानाकर्षण गराएका छन्। देउवाले त्यस विषयमा तत्काल काम थाल्न पनि आग्रह गरेका छन्।

देउवाले नेपालगञ्जमा युद्धस्तरमा परीक्षण व्यापक रुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नागरिकलाई आश्वस्त राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न आग्रह गरेका छन्।

कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्नेबारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

सीमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दा पनि अझै कयौंले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने व्यवस्था मिलाउन देउवाले ओलीसँग माग गरेका छन्।

सभापति देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य रहेकोे स्मरण प्रधानमन्त्रीलाई गराएका छन्।

प्रधानमन्त्री ओलीसँग भएको टेलिफोन संवादमा सभापति देउवाले संघीय सरकारले उद्दार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन माग राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय