डिस्चार्ज भएका ३ जनामा पुन कोरोना संक्रमण

अस्पतालबाट डिस्चार्ज भएका थप ३ जनामा पुन: कोरोना पोजेटिभ देखिएको छ । गत बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका ५८ वर्ष पुरुषमा पुन कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षिय र पर्साका ४४ पुरुषमा पुन कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार संक्रमित ३ जनाको फ्लोअपमा नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

सनसिटीमा बस्ने ५८ बर्षका पुरुषको पाटन अस्पताल र २ संक्रमितको नारायणी अस्पतालमा थप उपचार भइरहेको छ । बुधबार थप पर्सामा १७ जनालाई संक्रमण देखिएसँगै संक्रमित संख्या ९९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनालाई संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय