कोशी अस्पतालबाट ६ जना डिस्चार्ज, कोरोना निको हुने २२ पुगे

कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमितको परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएसँगै १९औं दिनमा डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाको संक्रमण निको हुने संख्या २२ पुगेको छ । बुधबार पर्सामा थप १७ जनामा संक्रमण देखिएसँगै संक्रमित संख्या ९९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनालाई संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय