दिल्लीबाट फर्केका युवाको सम्पर्क खोज्दा वीरगन्जको एकै वडामा १७ संक्रमित

बुधबार १७ जना कोरोना संक्रमित सबै वीरगन्ज महानगरपालिका-३ छपकैयास्थित एउटै टोलका हुन्।

पर्सा प्रहरीका अनुसार उनीहरू सबै मुस्लिम समुदायका हुन्। केही समयअघि छपकैयाकै एउटा मस्जिदमा बसिरहेका तीन जना भारतीयलाई संक्रमण पुष्टि भएको थियो।

त्यसको केही समयपछि छपकैया एक युवामा कोरोना संक्रमण देखिएको थियो। उनीसँगको सम्पर्कमा रहेका परिवार तथा आसपासका अन्य १७ जनामा कोरोना संक्रमण देखिएको हो।

‘ती युवाको परिवार तथा सम्पर्कमा रहेका व्यक्तिहरूलाई कोरोना देखिएको हो,’ पर्सा प्रहरी स्रोतले भन्यो। बुधबार पुष्टि भएकामध्ये दुई महिने शिशुमा पनि भाइरसको संक्रमण देखिएको छ।

ती युवा फागुन २३ गते दिल्ली गएर फागुन २८ गते पर्सा फर्किएका थिए। दिल्लीमा भएको तबलिगी जमातीको भेलामा सहभागी भएर चार जना नेपाली युवा सबैलाई यसअघि कोरोना देखिसकेको थियो। पछिल्लोपटक कोरोना संक्रमित ती युवाको परिवार तथा सम्पर्कमा रहेका ३२ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो। तिनैमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय