मौज्दाद र नमुना संकलन कम भएकोले परीक्षण हुन सकेन : स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट्को मौज्दाद र नमुना संकलन कम भएकाले परीक्षणमा कमी आएको बताएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले किट्को मौज्दात कम भएकाले परीक्षण तीब्रता नभएको बताएका हुन् ।

‘तीब्र गतिमा विस्तार भएको परीक्षण सामग्रीको अभावमा नमुना संलकन कम भएसँगै केही दिन यता घटेको डा. देवकोटाले बताए । अब केहि दिनमै सामग्रीको व्यवस्थापन सहज हुने र त्योसँगै परीक्षणको पनि बढ्ने उनले बताए ।

गत २४ घण्टामा पीसीआर र र्‍यापिट टेस्टबाट ९ सय ९१ नमुनाको परीक्षण भएको छ । हालसम्म पीसीआरबाट १४ हजार ९६ र र्‍यापिट टेस्टबाट ५२ हजार ९ सय ७० नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

र्‍यापिट टेस्टबाट प्रदेश १ मा ६ हजार ३ सय २८, प्रदेश २ मा ५ हजार ७ सय ९७, बागमती प्रदेशमा ८ हजार ९ सय ४०, गण्डकी प्रदेशमा ६ हजार १ सय ९७, प्रदेश ५ मा ५ हजार ३ सय ३०, कर्णाली प्रदेशमा ५ हजार ९ सय ७७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय १ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा २ हजार १८, प्रदेश २ मा १ हजार २ सय ५६, बागमती प्रदेशमा २ सय ६२, गण्डकी प्रदेशमा ६ हजार ६ सय ५७, प्रदेश ५ मा ५ हजार ७ सय ८४, कणार्ली प्रदेशमा ३ हजार ७ सय ५८ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ८ सय ९९ जना क्वारेन्टाइनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय