२ महिने शिशुसहित एकैदिन थपिए १७ कोरोना संक्रमित

पर्सामा २ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ महिने शिशुमा  संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनीसहित पर्सामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदुरपश्चिम प्रदेशमा ५ जनालाई संक्रमण देखिएको छ ।

यसअघि नेपालमा सात र नौं वर्षका बालबालिकामा कोरोना संक्रमण पोजेटिभ पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय