पर्साका १७ जनामा कोरोना संक्रमण, स‍ंक्रमितकाे संख्या ९९ पुग्यो

बुधबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटालेका अनुसार संक्रमित सबै पर्साका नागरिक रहेका छन् । संक्रमण २ महिनाको शिसुदेखि ६६ वर्ष उमेरसमूहमा देखिएको हो । संक्रमित हुनेमा ७ महिला र १० जना पुरुष रहेको छन् ।

योसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् ।  मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनाको कोरोनाको संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय