लकडाउन जेठ ५ सम्म

सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए। लकडाउनको समय सकिने अघिल्लो दिन सरकारले यस्तो निर्णय गरेको हो। यसअघि लकडाउनको समय वैशाख २५ सम्म भनिएको थियो।

नेपालमा कोरोना महामारीका कारण चैत ११ गतेदेखि लकडाउन जारी छ। मंगलबार बालुवाटारमै बसेको कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीबारे छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन।

संक्रमितको संख्या बढ्न थालेपछि सरकार लकडाउनको मोडालिटीबाट पछि हटेको ती मन्त्रीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय