निजी अस्पतालाहरुको माग– हामीलाई बचाउनुस् (अनुराेध-पत्रसहित)

निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन(अफिन)ले कोरोना भाइरस महामारीसँग जुध्नका लागि निजी स्वास्थ्य क्षेत्रका लागि छुट तथा राहतको माग गरेको छ।

कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथाममा निजी अस्पतालहरुले महत्वपूर्ण योगदान पु-याइरहेको भएपनि लकडाउनका कारण आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आर्थिक समस्या देखिनसक्ने भन्दै ‘निजी स्वास्थ्य क्षेत्रलाई बचाउन’ अफिनले सरकारसँग अनुरोध गरेको हो।

अफिनले उक्त माग पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा विद्युत प्राधिकरणमा बुझाएको महासचिब हेमराज दाहालले जानकारी दिए।

अफिनले अस्पताललाई विक्रि गरिने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट(पिपिई) लगायतका अन्य स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर तथा मूल्य अभिवृद्धि कर घटाउन, कोरोना भाइरस संक्रमणको जोखिममा काम गरिरहेका स्वासथ्यकर्मीलार्ई सहुलियतको माग गरेको छ ।

त्यसैगरी महामारीका कारण अस्पतालको नविकरण तथा प्रशासनिक काममा ढिलाई हुने भएकाले समयसिमा दुई वर्ष बढाई पाँच वर्षमा पु-याउन, विद्युत महसुल घटाउन, दुई वर्षका लागि सम्पति कर छुट गर्न, निजी स्वास्थ्य क्षेत्रलाई मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्रमा राख्नुपर्ने तथा किस्ताबन्दीको भुक्तानी समय थप गरी दुई वर्ष पुर्‌याउनुपर्ने लगायत माग गरेको छ।

यस्तो छ आफिनले सरकारसंग गरेको अनुरोध पत्र-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय