काउन्सिलले भन्यो- अस्पताल नगई गरिएको प्रयोगात्मक कक्षा अमान्य

चिकित्सकशास्त्रमा अध्ययन गरिरहेका विद्यार्थीले प्रयोगात्मक अध्ययनको लागि अस्पताल तथा कलेजमा उपस्थित भई हाजिर भएको अध्ययनलाई मात्र मान्यता दिने नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

‘कोभिड १९’ महामारीको कारण रोकिएको अध्ययन कलेज तथा विश्वविद्यालय ले नै निर्णय गर्ने र प्रयोगात्मक अध्ययनको लागि अस्पताल तथा कलेजमा गई नियमित रुपमा काम गर्नुपर्ने काउन्सिलले विज्ञप्ती मार्फत जानकारी  दिएको छ ।

शैद्धान्तिक कक्षाको पढाई बारे सम्बन्धित कलेज÷विश्वविद्यालयले व्यवस्था गरेबमोजिम हुने तर प्रयोगात्मक अध्ययनको लागि अस्पतालमा गई बिरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेज/अस्पतालमा उपस्थित हुनुपर्ने हुन्छ, विज्ञप्तीमा भनिएको छ,‘ पूर्ववत हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिइने छ ।’

चिकित्साशास्त्रको स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको अध्ययन मान्यताका विषयमा काउन्सिलमा विभिन्न माध्यममार्फत सोधपुछ तथा निवेदनको आधारमा १७ बैशाखमा बसेको बैठकले निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय