संक्रमित बढ्दा सुस्तायो परीक्षण, २४ घण्टामा २१० को मात्रै पीसीआर

कोरोनाको आशंकामा गत २४ घण्टामा पीसीआरबाट २ सय १० जनाको नमुना परीक्षण भएको छ । पीसीआरबाट नमुना परीक्षण संख्या दिन–दिनै घट्दै गएको छ । सरकारसँग प्रर्याप्त मात्रामा किटको अभाव भएसँगै परीक्षणको दायरा पनि घट्दै गएको हो ।

परीक्षणको किटको अभावमा वीर अस्पतालमा परीक्षण रोकिएको छ । विज्ञहरुले पीसीआर विधिबाट कोरोनाको दायरा बढाउनुपर्ने सुझाव दिइरहँदा परीक्षणको किटको अभाव भइरहेको छ ।

हालसम्म कोरोनाको आशंकामा पीसीआरबाट १३ हजार ८ सय ५० र र्‍यापिट टेष्टबाट ५२ हजार २ सय २७ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको आशंका हालसम्म पीसीआरबाट १३ हजार ८ सय ५० नुमना परीक्षण भएको छ ।

प्रदेश अनुसार र्‍यापिट टेस्टलाई हेर्दा हालसम्म प्रदेश १ मा ६ हजार १सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बाग्मती प्रदेशमा ८हजार ९सय ४०, गण्डकी प्रदेशमा ६ हजार ७४ नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रदेश ५ मा ५ हजार १ सय ९३, कणार्ली प्रदेशमा ५ हजार ८ सय ७६, र ६७४, सुदुपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ नमुना परीक्षण भएको छ ।

मंगलबार थप ७ जनामा कोरोना, संक्रमित संख्या ८२ पुग्यो

मंगलबार थप ७ जनालाई कोरोना पुष्टि भएसँगै हालसम्म ८२ जनामा संक्रमण देखिएको छ । बाँके जिल्लाको नेपालञ्जका २२,३० र ४० वर्षका पुरुष र ९,३२,३४ र ५५ वर्षको महिलामा संक्रमण पुष्टि भएको हो । ८२ संक्रमित मध्ये ६१ जना पुरुष र २१ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३१ जना संक्रमित
संक्रमित मध्ये प्रदेश १ मा सबैभन्दा बढी ३१ जना रहेका छन् । त्यसैगरी प्रदेश २ मा १३, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २४, सुदुरपश्चिम प्रदेशमा ५ रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कति संक्रमित कहाँ उपचारत ?
कोरोना संक्रमित १६ जना निको भएर घर फर्किएका छन् भने ६६ जना विभिन्न अस्पतालमा उपचारत रहेका छन् । रुपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, विरगञ्जमा ९, विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सबै जनाको स्वास्थ्य अवस्था हालसम्म समान्य नै रहेको बताइएको छ ।

मंगलबार देशभर २१ हजार क्वारेन्टाइनमा

मंगलबार क्वारेन्टाइनमा २१ हजार ९९ रहेका छन् । प्रदेश १ मा २ हजार १ सय २४, प्रदेश २ मा १ हजार २ सय ९०, बागमती प्रदेशमा २ सय ५८, गण्डकी प्रदेशमा ७ सय २६, प्रदेश ५ मा ८ हजार ९ सय २२, कर्णाली प्रदेशमा ३ हजार ७ सय ५४, सुदुरपश्चिम प्रदेशमा ४ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् ।

आइसोलेसनमा १ सय २० जना रहेका छन् । उपत्यकामा २ र उपत्यका बाहिर १ सय १८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ सय ३० जना रेड जोनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय