‘कोभिड-१९ ले बालबालिकामा मुटुसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ’

कोरोना भाइरसले सामान्यतया बालबालिकलाई बेस्सरी थला नपारे पनि युरोपमा कोभिड–१९ ले प्रभावित बालबालिकहरूको मुटुमा गम्भीर समस्या सिर्जना गराउने कावासाकी रोगको विकास गरेको चिकित्सकहरूले जनाएका छन्।

अमेरिकाका बालबालिकहरू पनि यस्तो कठिन समस्याविरूद्ध प्रतिरोधात्मक नभएको उनीहरूको दाबी छ।

‘समस्याको कुरा के हो भने कोभिड–१९ र कावासाकी रोगका समान लक्षणहरू एकै समयमा देखिन सक्छन्। आफ्ना बालबालिकालाई ज्वरो आउँदा कतै कोभिड–१९ पो लागेको हो कि भन्ने डरले अभिभावकहरू उनीहरूलाई अस्पताल लैजाँदैनन्,’ सियाटल चिल्ड्रल अस्पतालका कावासाकी डिजिज पेसियन्ट प्रोग्राम निर्देशक डाक्टर माइकल पोर्टम्यान भन्छन्, ‘तर सो लक्षण कावासाकी रोगको पनि हुनसक्छ, जसको हालसम्म कुनै उपचार छैन।’

उनका अनुसार आफ्ना बालबालिकामा कोभिड–१९ संक्रमण भएर अन्य लक्षण नदेखिई ज्वारो मात्र आउँदा अभिभावकहरूले त्यति चिन्ता लिन जरुरी नरहे तापनि कतिपय अवस्थामा कोरोना भाइरसले अझ विकराल अवस्थाको सिर्जना गराउन सक्छ, जसलाई चिकित्सकहरूले कावासाकी रोगको नाम दिएका छन्।

उनले आफूले अमेरिका र युरोपमा कावासाकी रोगका बिरामीहरूको बारे केही जानकारी हासिल गरेको पनि बताएका छन्।

बेलायतको पेडियाट्रिक इन्टेन्सिभ केयर सोसाइटीले सो राष्ट्रको नेशनल हेल्थ सर्भिसले कावासाकी रोगको सम्भावना भएका बिरामीहरूको संख्यामा बृद्धि आएको भन्दै कोभिड–१९ का कारण गम्भीर रुपमा थलिएका बिरामीहरूको उपचारमा संलग्न डाक्टरहरूलाई सचेत गराउन यसै साता आकस्मिक सूचनाको सम्प्रेषण गरिसकेको छ। उसका अनुसार कोभिड–१९ र कावासाकी रोग प्रभावित बिरामीहरूको मुटुमा विभिन्न किसिमको समस्याहरू देखिन सक्छ।

यस्तो ज्वरो समय–समयमा आउने र निको हुने खालको पनि हुनसक्ने पोर्टम्यानले बताए। ‘तर तपाईंको बच्चालाई चारदेखि पाँचसम्म ज्वरो आइराखेको छ भने तुरुन्तै चिकित्सककहाँ लैजानु पर्दछ,’ उनी भन्छन्।

पेडियाट्रिक इन्टेन्सिभ केयर सोसाइटीले कोभिड–१९ को कारण बालबालिकाहरू गम्भीर रुपले थला पर्ने घटना निकै कम भएको भन्दा अभिभावकहरूलाई नआत्तिन पनि सुझाएको छ।

त्यसो भए अभिभावहरू कस्तो लक्षणहरूबारे चनाखो हुनुपर्छ त?

विज्ञहरूका अनुसार सबैभन्दा प्रमुख लक्षण भनेको पाँच दिनसम्म कायम रहनसक्ने उच्च ज्वरो हो। अमेरिकन हार्ट एसोसियनसका अनुसार यस्तो ज्वरो कम्तीमा १०१ डिग्री फरेनहाइट र बढीमा १०४ डिग्री फरेनहाइटसम्म हुनसक्छ।

यस्तो ज्वरो समय–समयमा आउने र निको हुने खालको पनि हुनसक्ने पोर्टम्यानले बताए। ‘तर तपाईंको बच्चालाई चारदेखि पाँचसम्म ज्वरो आइराखेको छ भने तुरुन्तै चिकित्सककहाँ लैजानु पर्दछ,’ उनी भन्छन्।

अमेरिकन हार्ट एसोसियनसले जनाएअनुसार कावासाकी रोगको अन्य लक्षणहरू पिठ्यूँ, छाती वा पेटमा खटिरा आउनु, आँखा रातो देखिनु, हातगोडा सुन्निनु, मुख वरपर सुन्निनु र मुखमा परिवर्तन आउनु, घाँटीको नशा सुन्निनु र पेटको दुखाई तथा पाचनसम्बन्धी अन्य विभिन्न समस्यालगायत हुन्।

पोर्टम्यानले सामान्यतया जुनसुकै उमेरको बालबालिकालाई पनि कावासाकी रोग लाग्नसक्ने भएता पनि यसले विशेषगरी पाँच वर्षमुनिको बच्चालाई धेरैजसो असर गर्ने भन्दै अमेरिकामा हरेक वर्ष प्रतिएक लाखमा २० जना बालबालिकामा यस रोग देखिएको जानकारी दिए।

पोर्टम्यानले यस रोगको वास्तविक कारण हालसम्म थाहा नभएको जनाए तापनि अन्य चिकित्सकहरूले भाइरस वा ब्याक्टेरियाले यस्तो अवस्था निम्त्याउन सक्ने बताएका छन्। यसैअनुरुप हालको कोभिड–१९ ले पनि कावासाकी रोग लगाउनसक्ने उनीहरूले औंल्याएका छन्।

पोर्टम्यानले समयमै पहिचान हुन सके यस रोगको उपचार (तर खर्चिलो) हुने बताए।

नर्थवेस्टर्न युनिभर्सिटीको फिनवर्ग स्कुल अफ मेडिसिनको बालबालिका संक्रामक रोग विशेषज्ञ डाक्टर टिना टानले बेलायको नेशनल हेल्थ सर्भिसले आफ्ना स्वास्थ्यकर्मीहरूलाई जानकारी दिन पठाएको आकस्मिक सूचनालाई अमेरिकाले पनि मनन गर्नुपर्ने बताइन्।

‘यस्तो खालको सन्देश मानिसलाई त्रसित गराउन भन्दा पनि यस्तो रोग लाग्नसक्छ भनेर सचेत गराउन सबैलाई पठाइनुपर्छ। यस्तो खालको ‘केस’ इटाली र स्पेनमा बढिरहेको छ। तर, अमेरिकामा विस्तारै यस रोगका बिरामीहरु देखा पर्न थालेका छन्,’ उनले भनिन्।

एसोसियटेड प्रेसले बेलायत, इटाली र स्पेनबाहेक बेल्जियम र फ्रान्समा पनि कावासाकी रोग देखिसकिएको हुनसक्ने जनाएको छ।

(अनुवादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय