नेपाल छिर्न नपाएपछि झापामा प्रहरीमाथि भारतीयले गरे आक्रमण

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ वैशाख २३ गते १२:१४

नेपाल छिर्न नपाएपछि भारतीय समूहले झापाको सीमानामा रहेको एउटा प्रहरी पोस्टमा आक्रमण गरेको छ। मोटरसाइकलमा आएका दुईजनालाई प्रहरी नेपाल छिर्न दिएको थिएन।

सीमावर्ती झापा गाउपालिका ४मा रहेको प्रहरीले फर्काएपछि उनीहरु अरु ५०/६०जना भारतीयलाई ल्याएर आएका थिए। भाला, धारिलो हतियार र लाठीसहित आएका उनीहरुले प्रहरी पोस्टमा अन्धाधुन्ध आक्रमण गरेका थिए।

त्यसपछि नेपाल प्रहरीले पनि केही राउण्ड फायर गरेको थियो। ‘पोस्ट भत्काउने प्रयास र नेपाली सुरक्षाकर्मीमाथि घरेलु हतियारसहित जाइलागेपछि जवाफी प्रतिकार  गर्नु पर्‌यो’ झापाका प्रहरी प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले भने,’शसस्त्र प्रहरीले बाध्य भएर दुई राउन्ड हवाई फायर गर्‍यो।’

११३ नम्बरको सिमास्तम्भ नजिकै सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

सोमबार साँझको यो कुनै मानवीय क्षति भने भएन। प्रहरीका अनुसार उनीहरु नेपालमा आफन्त भेट्नका लागि जान खोजेको बताएका थिए। तर अहिले लकडाउनका कारण सिमाना बन्द गरिएका छन्। कसैलाई पनि आउन जान दिइएको छैन।

यसैबीच झापा क्षेत्र नं ४का सांसद हिरा थापाले घटनाको निन्दा गरेका छन्। उनले दुई देशबीचको सम्बन्ध बिगार्ने यस्ताखालका गतिविधि रोक्न पनि आग्रह गरेका छन्।

‘विश्व महामारीको यस परिस्थितिमा सिमा क्षेत्रमा भारतीय  नागरिकबाट गरिएको यो किसिमको गतिविधि निन्दनीय र खेदजनक छ’ उनले भनेका छन् ‘भारततीय सुरक्षा निकाय र सरकारको तर्फबाट यस्ताखाले गतिविधि छिमेकिमैत्री, दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पूर्ण नियन्त्रण गर्नको लागि जोड्दार रुपमा अपिल गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय