नेपालगञ्जमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

कोरोना संक्रमणको नयाँ हटस्पटक बनेको नेपालगञ्जमा थप ७ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विहानै विज्ञाप्ति जारी गरेर संक्रमित थपिएको पुष्टी गरेको हो । जसअनुसार नेपालमा अब संक्रमितको संख्या ८२ पुगेको छ भने नेपालगञ्जमा मात्रै २३ पुगेको छ ।

प्रयोगशाला परीक्षण दु्रतगतिमा हुन नसक्दा नेपालगञ्जमा अझै धेरै जनाको परीक्षण हुन वाँकी छ ।

भेरी अञ्चल अस्पताल र नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नेपालगञ्ज ८ का तीन पुरुषण र ४ महिनलामा संक्रमण पुष्टि भएको मन्त्रालयलको विज्ञाप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय