महंगोमा मास्क बेच्ने फार्मेसीलाई दुई लाख जरिवाना

मास्कमा कालोबजारी गरेकोभन्दै कैलालीको अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। संयुक्त बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भन्दै दुई लाख जरिवाना गरिएको हो।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कका तोकिएको भन्दा ४७ प्रतिशत बढि मूल्य असुलेको पाईएपछि जरिवाना गरिएको बताए।

म्याद नाघ्ने औषधी बेच्नेलाई २० हजार जरिवाना

यसैगरी धनगढीमा म्याद नाघेको औषधी बिक्रि गर्ने सरोज मेडिकललाई २० हजार जरिवाना गरिएको छ। वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख पुनमगरका अनुसार धनगढी चौराहस्थित सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको, सिरिन्ज लगायतका अन्य स्वास्थ्य समाग्रीको बिक्रि गरेको बिल जारी नगरेको भेटिएपछि २० हजार जरिवाना गरिएको हो।

संयुक्त बजार अनुगमनका क्रममा मेडिकलले कानुन विपरीत म्याद गुज्रिएका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको उनले बाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय