‘कपडाको मास्कले कोरोना छेक्दैन’

कोरोना भाइरसको संक्रमण फोक्सो र घाँटीमा हुन्छ। संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ। संक्रमित व्यक्तिले हाछ्यु गर्दा निस्कने थुकजन्य छिटा स्वस्थ व्यक्तिको नाक, मुख र आखाामा परेमा कोरोना भाइरस सर्छ।

संक्रमितबाट बाहिर आएका थुकजन्य छिटाहरू छालामा पर्दैमा कोरोना भाइरस सर्ने होइन।

कसरी सर्दैन

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिबाट एक मिटरको दूरीमा बसेर सावधानी अपनाए कोरोना सर्दैन। थुकको छिटा छालामा पर्दैमा कोरोना सर्दैन।

हाछ्यु गर्दा कुहिनोले नाक छोप्नुपर्छ। जसले गर्दा कोरोना भाइरसको जोखिम रोक्न टेवा पुग्छ। कोरोना भाइरसबाट बच्न सरसफाइमा ध्यान दिँदै नियमित साबुनपानीले मिचिमिचि हात धुनुपर्छ।

मास्कको प्रयोग

कोरोना भाइरस संक्रमित तथा अन्य व्यक्तिहरूबाट एक मिटरको दूरीमा बसे कोरोना भाइरसको संक्रमण सर्दैन्। दूरी कायम गरे सर्जिकल मास्कको आवश्यकता पर्दैन्।

बिरामीको हेरचाहमा खटिएका व्यक्तिले भने पञ्जा र मेडिकल मास्कको प्रयोग गर्नुपर्छ। कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मिले पिपिई, आई प्रोटेक्सनलगायतका सुरक्षित सामग्रीको प्रयोग गर्नुपर्छ।

आइसियुमा काम गर्ने स्वासथ्यकर्मीका लागि एन-९५ मास्क अनिवार्य मानिन्छ। कपडाको मास्कले कोरोना संक्रमण रोक्दैन। यसले कोरोना नरोके पनि गति भने केहि मात्रामा कम गर्छ।

(डब्लुएचओ नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत डाक्टर राजनविक्रम रायमाझीले कोरोना भाइरस संक्रमणबारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकारसम्मेलनमा दिएको सूचनाको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय