यस्तो छ नेपालगञ्जको पछिल्लो अवस्था

नेपालगञ्ज उपमहागरपालिकामा गत शक्रबार एक जनामा कोरोना संक्रमण देखियो। त्यसको दुई दिनपछि आइतबार एकै दिन १५ संक्रमित फेला परे। योसँगै अहिले नेपाल गञ्जमा संक्रमितको संख्या १६ पुगिसकेको छ।

यसरी नेपालगञ्जमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिँदा प्रदेश सरकारले सुरक्षाव्यवस्था कडा पारेको छ। भारतीय सीमावर्ति क्षेत्रमा कडाई गरिएको छ। १५ जना कोरोना संक्रमित भेटिएको उपमहानगरको ८ नम्बर वडालाई पनि प्रदेश सरकारले सिल गरिसकेको छ।

प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि नेपालगञ्जमै पुगेर चिकित्सकहरूलाई थप सक्रियता अपनाउन निर्देशन दिइसकेका छन्। उनले आज चिकित्सकहरूसँग छलफल गर्दै कोरोना परिक्षणको दायरा बढाउनसमेत आग्रह गरे। उनले त्यसका लागि आवश्यक पर्ने जुनसुकै सहयोग पनि प्रदेश सरकारले गर्ने बताएका थिए।

मेरी अस्पतालले पनि एक सुचना जारी गर्दै पछिल्लो अवस्था बारे जानकारी दिएको छ। जसमा हालसम्म आरडिटी परिक्षणका लागि ४३२ जनाको स्वाव संकलन गरिएकोमा ३८७ जनाको आरडिटी गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ। संकलन गरिएको स्वाव मध्ये ४५ जनको भने परिक्षण हुन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय