पछिल्लो २४ घण्टामा देखिएन कोरोना संक्रमण, ५९ जना उपचाररत

कोरोना आंशकामा पछिल्लो २४ घन्टामा १ हजार ३ सय २४ परीक्षणमा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ७५ जना कुल संक्रमित रहेका छन् । जसमध्ये संक्रमण पुरुषमा ५८ र महिला १७ जना रहेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी प्रदेश १ मा ३१ जना, प्रदेश ५ मा १७, प्रदेश २ मा १३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी, बाग्मती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा संक्रमण शुन्य रहेको छ ।

५९ जना देशका विभिन्न अस्पतालमा उपचार रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । रुपदेन्हीमा १,नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा १, विरगञ्जमा ९ र विराटनगरमा ३१ जना उपचारको क्रममा रहेका छन् ।

हालसम्म पीसीआरबाट १३ हजार ६ सय ४० र र्‍यापिट टेस्टबाट ५० हजार ८ सय ४५ को नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार हेर्दा प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमती ८ हजार ६ सय १०, गण्डकी मा ५ हजार ८ सय ८२ नमुना परीक्षण भएको छ ।

त्यसैगरी, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कणाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदुरपश्चिमामा १४ हजार १ सय ३६ नमुना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए । देशभर सोमबार १ सय ५ सय आइसोलेसन र ३ सय २८ जना रेडजोनमा परेको छन् ।

आज क्वारेन्टाइनमा २१ हजार ५ सय २३ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा २ हजार २ सय ९९, प्रदेश २ मा १ हजार ३ सय १९, बागमती प्रदेशमा २ सय ५६ , गण्डकी प्रदेशमा ६ सय ५८, प्रदेश ५ मा ९ हजार ९ सय ५३, कर्णाली प्रदेशमा ३ हजार २ सय ७९, सुदुरपश्चिममा ३ हजार ७ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय