प्रदेश ५ मा स्वाब परीक्षणको दायरा बढाउन मन्त्री बरालको निर्देशन

प्रदेश नम्बर ५ मा स्वाव परीक्षणको दायरा बढाउन सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्देशन दिएका छन्। तीन दिनभित्र नेपालगन्जमा कोरोना संक्रमितको संख्या १६ पुगेपछि सोमबार बाँकेका स्वास्थ्यकर्मीहरूसँग छलफल गर्दै मन्त्री बरालले उक्त निर्देशन दिएका हुन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढाउनु पर्ने उनको सुझाव थियो। बैठकमा मन्त्री बरालले कोरोनाको पछिल्लो अवस्था बारे बुझ्दै बाँकेका स्वास्थ्यकर्मीलाई कोरोना रोकथामका लागि थप सक्रियता बढाउनु पर्ने बताएका थिए।

मन्त्री बरालले स्वाब परीक्षण लगायत कोरोना संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताए। नेपालगन्ज आइपुगेका मन्त्री बरालले विभिन्न स्वास्थ्यकर्मी, राजनीतिक दल तथा यहाँका प्रशासनीक निकायसँग समेत छलफल गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलमा बिहान बाँकेका स्वास्थ्यकर्मीसँको बैठक र सर्वदलीय बैठक सकिएलगत्तै उनले बाँकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग भेटेका थिए।

मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, आइसोलेशन लगायतका अवस्थाका बारेमा जानकारी लिएका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले त्यहाँको वस्तुस्थितिका बारेमा मन्त्री बराललाई जानकारी गराएको बाँके जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए।

स्वास्थ्यकर्मीसँग बसेको बैठकमा मन्त्री बरालसँगै सासद् कृष्णा केसी ‘नमुना’, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, बाँके स्वास्थ्य कार्यालय फोकल पर्शन नरेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय