नेपाल पेट्राेलियम ट्याङ्कर चालक संघद्वारा चालक तथा सहचालकलाई स्वास्थ्य सामग्री वितरण

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २२ गते १२:२१

बारा जिल्लाको अमृतगञ्ज नाकाबाट आउने ट्याङ्कर चालकलाई नेपाल प्रेटोलियम ट्याङ्कर चालक संघले स्वास्थ्य सामग्री वितरण गरेको छ । भारतबाट आउने प्रेट्रोल जस्ता अति आवश्यकीय वस्तु ढुवानी गर्ने चालकलाई उच्च जोखिममा पर्ने हुँदा सुरक्षा सामग्री सहयोग गरेको संघका अध्यक्ष इश्र्वर लामाले जानकारी दिए । उनका अनुसार चालक र सहचालक गरी २ सय ४० जनालाई एननाइटी माक्स, पञ्जा, सेन्टिाइजर सहयोग गरिएको हो ।

आयल नियमका प्रदेश प्रमुख भरत रेक्मीको संयोजकत्वमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो । जोखिम मोलेर काम गरिररहेका श्रमीकको स्वास्थ्यमा खासै ध्यान दिन नसकेको संघका अध्यक्ष लामा बताउँछन् । ‘श्रमिकको सुरक्षा केहि छैन, हेल्थपोस्टको कुराकानीमा उनले भने,‘ न त खानपानको व्यवस्था रहेको छ ।’

प्रमुख रेक्मीले श्रमीकलाई जोखिमन्युनीकरण गर्नेको लागि नियमले थप स्वास्थ्य सामग्री वितरण गर्ने बताए । संघले यसभन्दा अगाडी थानकोट, विराटनगरमा पुगेर ट्याङ्कर चालकलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय