नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष विष्णु राईको ७७ वर्षको उमेरमा निधन

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । वीर अस्पतालमा उपचाररत राईको ७७ वर्षको उमेरमा सोमबार बिहान निधन भएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए । उनी ४ दिनपहिला घरमा कुर्सीबाट लडेर टाउको गम्भीर चोट लागेर अस्पताल भर्ना भएकी थिएन ।

लामो समयदेखि दुवै मिर्गौला फेल भएर डायलाइसिस गर्दै आएकी थिइन । राईलाई सुगर जस्ता थप स्वास्थ्य समस्या पनि रहेको डा. सेञ्चुरीले बताए । ‘टाउको ठुलो चोट लागेको रहेछ । सिटीस्क्यान गर्दा रगत जमेको पाइयो,डा. सेञ्चुरीले भने,‘ उपचारको क्रममा निधन भयो ।’

राई ५७ वर्षदेखि नर्सिङ पेसामा आबद्द रहेकी थिएन । नेपाल नर्सिङ संघको १३ र्औ कार्यकालको अध्यक्ष समेत भएकी थिइन । उनी पहिलो ख्रिष्टियन नेपाली नर्स समेत हुन् ।

One thought on “नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष विष्णु राईको ७७ वर्षको उमेरमा निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय